श्री नेपाल राष्ट्र माध्यमिक विद्यालय
गल्याङ नगरपालिका -७, चोक ठाँटी,स्याङ्जा
कक्षा ः ५ प्रथम त्रैमासिक परिक्षा-२०८० पूर्णाङ्क ः ३०
विषय ः विज्ञान
समय ः १ घण्टा
१. खाली ठाउँमा मिल्ने शब्द भर्नुहोस् ः ५
| स्केमेटिक | आम | हरितकोण | ज्ञानेन्द्रिय | किलोमिटर |
क) अवलोकन .............. को सहायताले हुन्छ ।
ख) रेखा वा सङ्केतको प्रयोग गरी बनाइएको चित्रलाई .............. चित्र भनिन्छ ।
ग) एक हजार मिटर बराबर एक .............. हुन्छ ।
घ) टेलिभिजन .............. सञ्चारको साधन हो ।
ङ) हरिया विरुवामा मात्र .............. हुन्छ ।
२. तल दिइका भनाई ठीक भए ठीक चिन्ह र बेठीक भए बेठीक चिन्ह लगाउनुहोस् । ५
क) स्केमेटिक चित्र कोर्दा जहिले पनि एकल रेखा कोर्नपर्छ ।
ख) थर्मोमिटरको प्रयोग बस्तुको लम्बाई नाप्नको लागि गरिन्छ ।
ग) भ्यागुता जमिनमा हुँदा छालाले सास फेर्छ ।
घ) पेन्ट सफ्टवेयरको प्रयोग चित्र कोर्न गरिन्छ ।
ङ) सूर्यको प्रकाश प्रयाप्त हुने ठाउँमा विरुवाहरु चाँडै बड्छन् ।
३. तल दिइएका विकल्प मध्य उपयुक्त्त विकल्प छनौट गर्नुहोस् । ५
क) तलका मध्य तापको मुख्य स्रोत कुन हो ?
अ) आगो आ) ग्याँस इ) बिजुली बत्ति ई) सूर्य
ख) तलका मध्य बच्चा जन्माउने जनावर कुन हो ?
अ) पाहा आ) काग इ) चमेरो ई) छेपारो
ग) अवलोकनको लागि के आवश्यक पर्छ ?
अ) ज्ञान आ) अनुभव इ) ज्ञानेन्द्रिय ई) अनुमान
घ) पानीको आयतन पत्ता लगाउन तलका मध्य कुन उपकरण प्रयोग हुन्छ ?
अ) तराजु आ) ढक इ) मेजरिङ सिलिन्डर ई) फनेल
ङ) चेपागाँडाले केबाट सास फेर्छ ?
अ) फोक्सो आ) फुल्का इ) छाला ई) मुख
४. जोडा मिलाउनुहोस् ः ५
किलोग्राम इन्पुट डिभाइस
एकोहोरो सञ्चार हरितकण
किबोर्ड पिण्ड
हरिया बिरुवा बिरालो
रौँ आम सञ्चार
५. तलका प्रश्नहरुको उत्तर दिनुहोस् ः ५ x २ = १०
क) चराको खुट्टा के-के कामका लागि उपयोग हुन्छ ?
ख) दैनिक जिवनमा उर्जाका स्रोका रुपमा प्रयोग हुने कुनै चार वटा बस्तुको सूची बनाउनुहोस् ।
ग) तपाइँलाई कुन-कुन कामका लागि तापको आवश्यकता पर्छ ? लेख्नुहोस् ।
घ) पिण्ड भनेको के हो ? यसको एकाई के हो ?
ङ) बिकरको स्केमेटिक चित्र बनाउनुहोस् ।
समाप्त
No comments:
Post a Comment